Logo

एउटा बिद्रोही गाउँ ‘पुलिमराङ’



व्यास नगरपालिका(८ पुलिमराङ गाउँको सिरानमा सहिद पार्क बन्दैछ । पार्कको स्मारकमा सहिद भारत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङको लहरै अर्धकदको प्रतिमा छन् । यी सबै सहिद पुलिमराङको माटोले जन्माएको हो । जो राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध होमिए, शहादत प्राप्त गरे ।

१ माघ २००७ मा बन्दीपुरमा राणा शासनविरुद्धको आन्दोलनमा पुलिमराङका धर्मध्वज गुरुङले शहादत प्राप्त गरे । राणा शासनको दमनविरु’द्ध नेपाली कांग्रेसले चलाएको आन्दोलनमा हो’मिएका पुलिमराङको ठिटोको र’ग’तले बन्दीपुरे भूमि पो’तियो । र, क्रान्तिमा हो’मिएको एउटा छोरा पुलिमराङले गुमाउनुपर्‍यो । धर्मध्वजहरूले चाहेजस्तै राणा शासन त अन्त्य भयो। र, प्रजातन्त्र स्थापना पनि भयो ।

फेरि २०१७ मा निर्दलीय पञ्चायती व्यवस्था लागूभयो । धर्मध्वजले देखेको सपना अधूरै हुने देखियो । र, धर्मध्वज गुमाएका माटो चुपचाप बस्न चाहेन । देशको विकास र परिवर्तनका खातिर यहाँका युवामा क्रान्तिको ज्वाला झनै दन्कियो । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको क्रान्तिमा लाग्न थाले ।

 

२०१८ सालमा निर्दलीय पञ्चायती व्यवस्थाविरुद्धको ल’डाईँमा पनि पुलिमराङ अग्रमोर्चामा देखियो । त्यो ल’डाँइमा फेरि पुलिमराङले पाँच जनालाई गुमाउन पुग्यो । २०१८ मा पुलिमराङका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तविर गुरुङले कोत्रेमा शहदात प्राप्त गरे । शमसेरबहादुर गुरुङ भरतपुरमा र भारत गुरुङ पुलिमराङमै मारिए । राणा शासन र निर्दलीय पञ्चायती व्यवस्था विरुद्धको ल’डाईँमा पुलिमराङ गाउँका ६ जना सहिद बने ।

व्यवस्था परिर्वतनको ल’डाईँमा होमिएर ६ जना सहिद भए पनि पुलिमराङवासीले चाहेजस्तो गाउँ विकास अझै भएको छैन । राजनीतिक खिचातानीले देशका लागि कुर्वानी दिएका सहिदको वलिदानीको उपेक्षा भएको बताउँछन् स्थानीय । न राज्यले पुलिमराङलाई सम्झेको छ, न कुनै पार्टीले नै । राज्य र पार्टी दुवैको उपेक्षामा छ सहिद गाउँ पुलिमराङ ।

गाउँमा अझै हिउँदमा मात्रै मोटर चल्न सक्ने सडक छ । बेलामै विकासले गाउँलाई नछुदा गुज्लार गाउँ रित्तिएको छ । बुढापाकाले मात्र घर रुँघेर बसेका छन् । बसाईसराईंले युवा पुस्ता गाउँमा देख्न मुस्किल हुन्छ । विद्यालयमा विद्यार्थी वर्षेनि घटेर कुनै दिन बन्द नहोला भन्न सकिदैन् ।

‘एउटै गाउँका ६ जना सहिदको योगदानलाई स्मरण गर्दै राज्यले विकासको त मुल फुटाउनुपर्ने थियो, पुलिमराङवासीको अपेक्षा थियो । तर त्यो अपेक्षा पुरा भएन दशकौँसम्म पनि । राज्यसत्ता र पार्टीले पुलिमराङलाई देखेन,’ स्थानीय टेकबहादुर गुरुङले भने ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता