Logo

हिँजो भन्दा आज किन भयो चिसो  ? आइतवार सम्म यस्तो रहनेछ मौसम



 

काठमाडौं । काठमाडौमा विहिवार घाम लागेको थियो । त्यसैले केही न्यानो महशुष भएको थियो । तर शुक्रवार फेरी चिसो बढेको छ । यसरी काठमाडौ लगायत मुलुकका सबै स्थानमा चिसो दिनानुदिन बढ्दो क्रममा रहेको छ । काठमाडौं उपत्यकामा हिजोभन्दा आज चिसो भएको हो । विहिवार न्यूनतम तापक्रम ४।२ डिग्री सेल्सियस भएकामा शुक्रवार ४ डिग्री मात्र रहेको छ ।

विहिवार सबैभन्दा कम जुम्लामा माइनस ५ डिग्री सेल्सियस तथा डडेल्धुराको १।१ रहेको छ । त्यस्तै ०।४ मिलिमिटर वर्षासमेत भएको ओखलढुङ्गाको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।

ताप्लेजुङमा १।६, वीरेन्द्रनगरमा ४।७ तथा पोखरामा ६।७ रह्यो । अधिकतम तापक्रम विराटनगरमा २०।१ अनुमान गरिएको छ । काठमाडौंमा १४ डिग्री सेल्सियससम्म मात्र हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईका अधिकांश भागमा शितलहर चलेको छ । अधिकांश भागमा हुस्सु र कुहिरो लागेका कारण घाम देखिएको छैन ।

दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ तथा बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको र सोही क्षेत्रको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहनेछ ।
आइतबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता