अब कसैले ख्याल ठट्टा गरेको भिडियो अनुमति बिना टिकटक वा सामाजिक सञ्जालमा हाले कारवाही हुन्छ (गृहमन्त्रालयको विज्ञप्ती हेर्नुस्)

काठमाडौ । तपाई सार्वजनिक स्थलमा बसेर आफ्ना साथी वा आफन्तसंग ख्याल ठट्टा गर्दै जिस्कनु भएको छ । कसैले तपाईलाई थाहै नदिई भिडियो खिचेर सामाजिक सञ्जालमा हालिदियो । आजभोली सामाजिक सञ्जाल टिकटक सबैको पहुचमा छ । टिकटकमा यस्ता धेरै भिडियो अपलोड भएका हुन्छन् । जसका बारेमा सम्बन्धित ब्यक्तिलाई जानकारी नै हुँदैन । यदि तपाई पनि यस्तै घटनामा पर्नु भएको छ भने अब त्यस्ता ब्यक्तिलाई कारवाही हुने भएको छ ।
गृह मन्त्रालयले सम्बन्धित मानिसको अनुमति बिना भिडियो वा तस्बिर सार्वजनिक गर्ने ब्यक्तिलाई कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । सार्वजनिक स्थलमा ख्यालठट्टा गरेको भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने कार्य गर्नेलाई कारवाही हुने भएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बिहीवार विज्ञप्ति जारी गर्दै यस्ता क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही हुने जनाएका छन् ।
‘सार्वजनिक स्थलहरूमा गरिएका भद्दा प्रकृतिका ख्यालठट्टाबाट शि का र भएका व्यक्तिमा देखिन सक्ने मानसिक त ना व, उत्पन्न हुनसक्ने वादविवाद र द्व न्द्व, सामाजिक सद्भाव र शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनीयता, प्रतिष्ठामा पर्नसक्ने असर समेतलाई दृष्टिगत गरी व्यक्तिको अनुमति विना कुनै पनि प्रकारको तस्वीर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमति, सहमति विना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई प्रचलित प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
ख्यालठट्टाको नाममा वा गोप्य रूपमा सार्वजनिक स्थलहरूमा कसैको फोटो र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्नेक्रम बढेपछि गृहको ध्यानाकर्षण भएको हो। बिना अनुमति भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न गृहले निर्देशन पनि दिएको छ। यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक र मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने, दिक्दार लगाउने गरेको गृहको भनाइ छ।
साथै गोप्य भिडियो तयार पारी उक्त भिडियो फुटेज सामाजिक सञ्जालमा राख्नेलाई कारबाही हुने गृहले जनाएको छ। सार्वजनिक स्थलहरूमा हुने यस्ता भ द्दा प्रकृतिका ख्यालठट्टाबाट केही व्यक्ति सि का र भएको र ती व्यक्तिमा मानसिक त ना व देखिने गृहको विज्ञप्तिमा उल्लेख छ। त्यस्ता भिडियोहरूले समाजमा झै झ ग डा, वादविवाद, द्व न्द्वजस्ता घटना हुन सक्ने भएकोले गृहले सतर्क गराएको हो।