राज्यमन्त्री बोहराका पिसओ मृ त फेला परे

काठमाडौ । कोठामा हिटर बालेर आराम गरेका एक जना प्रहरी हवल्दार कैलालीको धनगढीमा मृ त फेला परेका छन् । उनी आफ्नै वेडमा सु तेको अवस्थामा मृ त फेला परेका हुन् । परिवारका सदस्य कोही घरमा नभएको बेलामा उनी एक्लै थिए । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डीएसपी बेदप्रकाश जोशीका अनुसार प्रहरी हवल्दार रमेश दत्त जोशी आफ्नै कोठामा मृ त फेला परेको बताए ।
परिवारका सदस्य बाहिर गएका कारण उनी एक्लै थिए । मृतक जोशी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिसओ हुन् । उनी धनगढी उपमहानगरपालिका वडा नम्बर ३ गुरुद्वारामार्गमा आफ्नै घरमा बस्दै आएका थिए । उनी घरमा एक्लै थिए । उनका घरका परिवारका अन्य सदस्यहरू भने आफन्तको बिहेमा गएका थिए । उनी कोठामा हिटर बालेर ढोका बन्द गरेर सु ते को अवस्थामै मृ त भेटिएको बताइएको छ ।
परिवारका सदस्य आज घर आउँदा ढोका बन्द देखेपछि झ्यालबाट हेरेर बोलाउदा केही नबोलेपछि ढोका फु टा एर हेर्दा मृ त भेटेको बताइएको छ । अहिले श वको मुचुल्का गरेर पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।
जाडो महिनामा हिटर लगायत कोठा तताउने यस्ता उपकरण बाल्दा सावधानी नअपनाउँदा यसरी धेरैको ज्यान जाने गरेको छ । हिटर लगायतका उपकरण बालेर कोठाको झ्याल ढोका बन्द गर्दा कोठामा अक्सिजनको कमी हुन गइ मानिसको सु ते कै अवस्थामा निधन हुने गरेको छ । हिटर कोइला बालेको कोठामा झ्याल वा ढोका खुल्लै राख्नुपर्छ । कोठामा अक्सिजनको मात्र घट्न नदिन झ्याल ढोका बन्द गर्नु हुँदैन ।