Logo

९० दिन कार्यालय नजाने कर्मचारीको सरकारी जागिर चट



काठमाडौं । बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो ।

यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

यो पनि स् माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने

सरकारले माघ १५ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुलाई त्यस समयमा सबै विद्यार्थीलाई खोप लगाउन भनेको हो ।

पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गरेको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउनुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता