रसियासंग प्रतिकार गर्न ८ हजार अमेरिकी सेना तयारी अवस्थामा

अमेरिकी रक्ष मन्त्रालय पेन्टागनले ८ हजार सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ । युक्रेनले रुसमाथि ह’म’ला गर्नसक्ने आशंकाबीच अमेरिकाले आफ्ना सेनालाई उच्च सर्तकतामा राखेको हो । रुसले युक्रेनको सीमा नजिकै विगत एक महिनादेखि एक लाख सेना परिचालन गरेको छ ।
युक्रेनलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनले युरोपेका साझेदार देशहरसँग भिडियो कलमार्फत छलफल गरेका थिए । भिडियो कलमा रुसविरु’द्ध सा’मूहि’क रणनीति अप्नाउने विषयमा छलफल भएको थियो ।
पेन्टानगनका प्रवक्ता जोन कर्बीले रुसी सेना उपस्थिति रहेको क्षेत्रमा त’नाव सृजना भएमा आफ्ना सेना त्यस क्षेत्रमा पठाइने बताएका छन् । रुसले युक्रेनमा ह’म’ला गरेमा अमेरिकी सेनाले जुनसुकै बेला प्रतिकार लिने अमेरिकी रणनीति रहेको विज्ञहरुले बताएका छन् ।
यसअघि रुसले अ’तिक्रम’ण गरेर युक्रेनी भूमि क्रिमिया आफ्नो क्षेत्रमा विलय गराउन सफल भएको थियो । रुसी अतिक्रमणमणको अन्तराष्ट्रिय समुदायले विरोध गर्दै आएको छ । एजेन्सी