Logo

ललितपुर महानगरमा आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द



कर्मचारीमा पनि कोरोना भाइरसको सं क्र म ण बढेपछि ललितपुर महानगरपालिकाले आज सोमबारदेखि अत्यावश्यकबाहेका सबै सेवा बन्द गरेको छ ।
महानगरले जारी गरेको विज्ञप्ति अनुसार संक्रमित महानगरका कर्मचारी उपचार एवं होमआइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नु परेको हो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार आगामी शुक्रबार सम्मका लागि अत्यावश्यकबाहेका सेवा बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता