Logo

प्रचण्ड की पत्नी सीता दाहाललाई संक्रमण पुष्टि, आईसीयूमा भर्ना गरेर उपचार जारी



 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी छन् । उनमा निमोनियासमेत देखिएको छ । ‘अहिले स्वास्थ्य स्थिर छ,’ पारिवारिक स्रोतले भन्यो ।

सीता दाहाल पार्किन्सन्ससँग मिल्दोजुल्दो लक्षण भएको एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पी।एस।पी।०’ बाट लामो समयदेखि पीडित छिन् ।

यो पनि, देशभर कोभिड भाइरस संक्रमणको तेस्रो लहर सुरु भएसँगै अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको छ । यसरी कोभिड संक्रमित भएर भर्ना हुने धेरै बिरामी दीर्घरोगी रहेका छन् ।

अस्पताल भर्ना हुने बिरामी सामान्यभन्दा पनि लामो समयदेखि विभिन्न रोगले ग्रसित तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका रहेको चिकित्सकहरूले बताएका छन् ।

संक्रमितको उपचारका लागि लक्षित गरेर खोलिएको वीरको युनिफाइड को रो ना अस्पतालमा बिरामीको चाप बढेको छ । महामारीको पहिलो लहरमा संक्रमितको उपचारमा समस्या भएपछि युनिफाइड कोरोना अस्पताल सञ्चालनमा ल्याइएको थियो ।

अस्पतालका निर्देशक डा। भूपेन्द्र कुमार बस्नेतका अनुसार अहिले वीर अस्पतालमा १४० जना संक्रमित उपचाररत छन् । जसमा आइसीयुमा २५ र भेन्टिलेटरमा ३ जना रहेका छन् ।

‘संक्रमण यही गतिमा बढ्दै जाने हो भने अस्पतालमा चाप अझ बढ्छ । दोस्रो लहरमा भन्दा यो लहरले मानिसलाई छिटो संक्रमित पार्ने भएकाले अस्पतालमा चाप पनि बढ्छ,’ उनले भने ।

जति धेरै संक्रमण दर रह्यो उति नै अस्पतालमा आउने चाप बढ्ने उनको भनाइ छ । उनले यो पटक फैलिएको ओमिक्रोन भेरियन्टले दीर्घरोगीलाई गाह्रो बनाउने बताए । उनका अनुसार कोरोनाका कारण मृत्यु हुने पनि दीर्घरोगी नै बढी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता