Logo

तराईका धेरै क्षेत्रमा हुस्सु, दिउँसो वर्षाको आँकलन



काठमाडौं ः देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु(कुहिरो रहेको छ ।

दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात पनि हुनेछ ।

राति पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यो पनिः अर्घाखाँचीको धनचौरमा मेगाको शाखारहीत बैंकिङ सेवा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका(१० धनचौरमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच विस्तार गर्न शाखारहीत सेवा थालिएको मेगा बैंक अर्घाखाँची शाखा प्रबन्धक लक्ष्मण क्षेत्रीले बताए ।

मेगाले सेवा सुरु गरेपछि भूमिकास्थान नगरपालिका(१० का अध्यक्ष खगिश्वर पन्थीले खुसी व्यक्त गरे ।
शाखारहीत बैंकिङ सेवाको मेयर रेशम थापाले उद्घाटन गरेका हुन् । थापाले धनचौरमा मेगाले शाखा रहित बैंकिङ सुविधा ल्याउदा नागरिकलाई बैंकिङ सेवा सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता