Logo

शुक्रवार भन्दा आज घटे संक्रमित, काठमाडौको अवस्था भने यस्तो छ



 

काठमाडौँ । शुक्रवार भन्दा शनिवार मुलुकभर संक्रमितको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २२१९ जना कोरोना संक्रमित थपिएका छन् । जब की शुक्रवार २६०७ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १५१९ जना, ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जना गरि कुल २२१९ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल १२८१४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ९०६१ जना, ललितपुरमा २३८२ जना र भक्तपुरमा १३७१ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप ४६३६ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या पनि शुक्रवारको तुलनामा केही कम हो । शुक्रवार २४ घण्टामा ५ हजार ८७ जना संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयले शनिवार पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३७०३ र एन्टीजेन परिक्षणबाट ९३३ गरि कुल ४६३६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोभिडबाट ४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोभिडबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार १९३ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

छिमेकी मुलुक भारतको संख्या डरलाग्दो देखिन्छ । भारतमा कोभिडबाट थप दुई लाख ६८ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ संक्रमित थपिएका हुन ।

यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढी भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता