Logo

न्युयोर्कको विशाल अपार्टमेन्टमा भीषण आगलागी, १९ जनाको मृत्यु, कयौँ गम्भिर घाइते



 

एजेन्सी । अमेरिकी सहर न्युयोर्कको एक विशाल अपार्टमेन्टमा भीषण आ’गला’गी भएको छ । आ’गला’गीमा परी कम्तीमा पनि १९ जनाको मृत्यु भएको बताइएको छ । यस दुःखद घटनामा परेर ज्यान जानेमा नौ जना बालबालिका पनि परेका बताइएको छ ।

न्युयोर्क सहरका मेयर एरिक एडम्सले सो घटनाको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार यस आ’गला’गीमा परेर १९ जनाको मृत्यु भएको र त्यसमा नौ जना बालबालिका पनि परेका छन् । अरु कैयौँ व्यक्ति घाइते भएका छन् । प्रारम्भिक समाचारअनुसार त्यस आ’गला’गीमा परेका अरु ३२ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको न्यूयोर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो ।

न्युयोर्कको अग्नि नियन्त्रण विभागका ड्यानियल निग्रोलले यहाँको एक १९ तले भवनको एक तल्लामा आगो लागेको थियो । तर घाइतेहरु भने त्यस तल्ला बाहेकका अरु पनि धेरै तलामा भेटिएका थिए । उहाँका अनुसार त्यस भवनको एक तल्लामा आगो लागेपछि अरु तल्लाहरुमा पनि धुँवा भरिएको थियो । सो भवनमा धुवाँमा परेर कैयौँ व्यक्ति निसास्सिएका थिए ।

यहाँका समाचार माध्यमहरुले आ’गला’गीबाट न्यूयोर्कमा धेरै वर्षपछि यो ठूलो दुर्घटना भएको बताएका छन् । कतिपय मिडियाले यो आ’गला’गी ३० वर्ष यताकै सबैभन्दा खराब दुर्घटना पनि भनेका छन् । न्युयोर्कको ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आ’गला’गी भएको थियो ।

आगो लगेपछि सो तल्लाका मानिसको जलेर मृत्यु भएको थियो भने त्यसभन्दा माथिल्लो तल्लाकाहरु धुवाँले निसास्सिएका थिए । अग्नि नियन्त्रकले त्यसको धुँवा सबै तल्लामा फैलिएको पाइएको बताएका छन् । यस आगलागीको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । तर अधिकारीहरुले विद्युत करेन्ट सट भएर आ’गला’गी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन् । आगो निभाउनका लागि करिब दुई सय अग्नि नियन्त्रक खटाइएको थियो । अहिले आगो नियन्त्रणमा आएको बताइएको छ । तर क्षतिको पूर्ण विवरण आउन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता