Logo

सिके राउतको पार्टीको काठमाडौंमा प्रदर्शन



 

काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।

बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।

यस्तै मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । विभिन्न विषयमा निर्णय गर्न बैठक बसेको हो । एक मन्त्रीकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, विभिन्न मन्त्रालयको प्रस्ताव तथा आसन्न राष्ट्रिय सभा निर्वाचन एजेण्डा रहेको छ ।

भारतको गुजरातमा हुने ‘भा’इब्रे’न्ट गुजरात’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री देउवालाई भारतका निम्तो आएको छ । २६ गते हुने सम्मेलनका लागि देउवा २५ गते भारत जाने तयारी छ । भ्रमणका एजेण्डाबारे पनि बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता