Logo

अत्याधिक जाडो भएपछि ४ दिन जाडो विदा



 

काठमाडौ । एक्कासी बढेको जाडोका कारण जनजिवन प्रभावित भएको छ । काठमाडौ लगायतका क्षेत्रमा चिसो छ भने तराईमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शितलहरले जनजीवन प्रत्यक्षरुपमा प्रभावित भएपछि महोत्तरीको सोनमा गाँउपालिकाले सामुदायिक विद्यालयहरुमा जाडो बिदा दिएको छ । गाँउपालिकाको कार्यालयले पुस २० गतेदेखि पुस २३ गतेसम्म चार दिनको लागि जाडो बिदा दिएको हो ।

गाँउपालिकाका प्रवक्ता अशोककुमार यादवका अनुसार गाँउपालिकाभरिमा संचालित १७ वटा सामुदायिक विद्यालय, एउटा निजी विद्यालय र एउटा मदर्शामा बिदा दिइएको हो । वर्षे बिदाबाट क ट्टा हुनेगरी सो बिदाको व्यवस्थापन गरिएको प्रवक्ता यादवले जानकारी दिए ।

मौसम प्रतिकुलताको कारण घरबाट विद्यालय आउनका लागि स—साना बालबालिकाहरुलाई समस्या भएपछि पालिकाको निर्णयानुसार बिदा दिएको शिक्षा शाखाका प्रमुख राजकुमार साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता