Logo

सुरु भयो सत्ता गठबन्धनको बैठक, कहाँ(कहाँ हुँदैछ भागवण्डा  ?



 

काठमाडौ । विभिन्न पद र राष्ट्रिय सभा निर्वाचनमा भागवण्डा गर्न सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । सोमवार बिहान ९ बजेदेखि बैठक बसेको हो। राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनका दलले तालमेल गर्ने तयारी गरेका छन्। यसैबारे बैठक केन्द्रित छ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा गठबन्धनभित्र छलफल गरिएको बताइन्। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, जसपा र राष्ट्रिय जनमोर्चा छन्।

यही माघ १२ मा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ। मंगलबार उम्मेदवारहरूको उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ। रिक्त १९ पदमध्ये कुन दलले कति सिट पाउने भन्नेजस्ता विषय छलफल गरी टुंग्याउन आज गठबन्धन बैठक राखिएको हो।

सत्तारूढ गठबन्धनले राष्ट्रिय सभा चुनावलगायतलाई भन्दै समन्वय समिति पनि बनाएका थिए। अब चाँडै नै एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट ४–४ राष्ट्रियसभा सदस्यको पद रिक्त हुँदैछ ।

जसमा नेपाली काँग्रेसले ७ सीटको दावी गरिरहेको छ। माओवादी र एकीकृत समाजवादीलाई ५, ५ सिट दिने तयारी भइरहेको स्रोतले बताएको छ । त्यस्तै एक सिट भने समाजवादीलाई दिनेबारे पछि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता