केन्द्रीय सदस्यले पनि पढ्न नपाएको प्रचण्डको प्रतिवेदनमा के छ ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आइतवार सुरु भएको छ । महाधिवेशनमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । उनले गणतान्त्रिक संविधान लगायतका उपलब्धीहरु उल्ट्याउन ह म ला भइरहेको दाबी गरेका छन् । आइतबार केन्द्रीय समिति बैठकमा ८ औं महाविधेशनबारे पेस गरेको प्रचण्डको राजनीतिक प्रतिवेदन उक्त कुरा उल्लेख छ।
बैठकमा सहभागि एक केन्द्रीय सदस्यका अनुसार त्यसका लागि दक्षिणपन्थी शक्तिहरुका बीचमा मोर्चाबन्दी बढ्दो रहेको समेत उक्त प्रतिवेदनमा उल्लेख छ।
‘आज देशको समग्र राजवनीतिक परिस्थिति निकै तरल र चुनौतीपूर्ण छ,’ प्रचण्डले पेस गरेको प्रतिवेदनमा भनिएको छ, ‘जनताको लामो सशस्त्र एवं शान्तिपूर्ण र दलिदानपूर्ण आन्दोलनबाट उपलब्धीहरुमाथि प्रतिगामी ह म ला बढेर गएको छ। समानुपातिक र समावेशी चरित्रको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन निरंकुश तत्वहरुले टाउको उठाइरहेका छन् ।’
प्रचण्डले त्यस्तो ह म लामा विदेशी शक्तिहरुले मलजल गरेको समेत दावी गरेका छन् । ‘देशको आन्तरिक राजनीतिक तरलता र दक्षिणपन्थी मोर्चाबन्दीलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले मलजल गर्दै लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप बढाएर लगेका छन्,’ प्रतिवेदनमा भनिएको छ। नेपाली जनमत भने लोकतान्त्रिक संविधान र राष्ट्रिय स्वाधीनताका पक्षमा स्पष्ट र दृढ रहेको प्रतिवेदनमा उल्लेख छ।
‘वाम लोकतान्त्रिक मोर्चाबन्दी र व्यापक जनदबाबका कारण तात्कालिक र कार्यनीतिक रुपमा देशी विदेशी प्रतिक्रियावादीहरुको प्रतिक्रान्तिकारी षडयन्त्रको योजना असफल भएको हो,’ प्रतिवेदनमा प्रचण्डको दावी छ, ‘तर, रणनैतिकरुपमा प्रतिक्रान्तिकारी षड्यन्त्र गर्ने प्रयत्न भने रोकिएको छैन।’
कांग्रेस लगायतसँग गठबन्धन गरेका प्रचण्डले वाम –लोकतान्त्रिक शक्तिको सहकार्यमा जोड दिएका छन् । प्रचण्डको प्रतिवेदनमाथि महाविधेशनमा छलफल हुने छ।




