Logo

फेसबुकमा चिनजान भएकी युवती मन परेपछि नेपाली युवक हेलिकोप्टर चार्टर्ड गरेर गए प्रेमिका लिन



एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ । नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही वर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरूका छोराको बिहमेमा देखिने हेलिकोप्टर आजभोलिआम नेपालीको बिहेमा समेत देखिनथालेका छन । सर्लाहीका एक सामान्य परिवारकाजोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ ।

हरिवननगरपालिका– १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा अरोज यादव ले हेलिकप्टर चार्टर्ड गरेर विवाह गरेको छ । मंलगवा नगरपालिका–३ निवासी श्यामबाबु रायको छोरी २१ वर्षीय छोरी गुडी यादव बुधावार हिन्दु परम्पराअनुसार बिवाह सम्पन्न भएको छ ।

विगत दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत भएको थियो । फेसबुकमा प्रोफाइल फोटो मनपरेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोेथिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता