Logo

८ दिन पछि फेला परेका चन्द्रे कामीले प्रहरीलाई दिए मुटु कमाउने बयान, तीन दिन सम्म….



 

काठमाडौ । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । उनको खोजीमा जिल्ला प्रहरी प्रमुख सहित ३५ जनाको टोली खटिएको थियो ।

उनले बोकेको मोवाइल अफ थियो भने आफन्तकहाँ पनि उनी फेला परेका थिएनन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बे’पत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य ती’व्र पार्न निदेर्शन दिएको थियो ।

प्रहरीले खोजी ती’व्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले बे’पत्ता पारिएका भनिएका चन्द्रेलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

खार्पुनाथ गाउँपालिकाको सुरक्षार्थ प्रहरी टोली आज यान्चुबाट बिहान सवा ७ बजे गस्तीमा निस्केको थियो । उनीहरूले सवा ८ बजे कर्णाली तीरको बाटो हुँदै एक युवक हिँडिरहेको देखे । युवकले झोला बोकेका थिएनन् । गाउँमा नयाँ देखिएकाले प्रहरीको ध्यान ती युवकतिर पर्‍यो ।

प्रहरी टोलीलाई चन्द्रे वेपत्ता भएकाले नयाँ ब्यक्ति फेला परे सोधी खोजी गर्नु भन्ने निर्देशन थियो । त्यसैले प्रहरीले उनलाई सोधीखोजी गरे । चन्द्रेले आफु धनञ्जय कामीको २० वर्षे छोरा चन्द्रे कामी भएको बताए । प्रहरीले पुष्टि गर्न चन्द्रेलाई यान्चु लिएर आए । प्रहरी कार्यालयमा ल्याइए पछि उनी चन्द्रे नै भएको पुष्टि भयो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता