Logo

६९ वर्षकी श्रीमतीलाई पर पुरुषसंग लागेको भनेर ७१ वर्षका श्रीमानले लिए ज्यान



 

काठमाडौ । भनिन्छ अविश्वासको औषधी छैन । कोही महिला ६९ वर्षको उमेरमा पनि विवाहेत्तर स म्ब न्धमा रहन्छ होला । तर ७१ वर्षका श्रीमानले त्यस्तै शंका गरे । परपुरुषसंग लागेको शंकामा एक श्रीमानले श्रीमतीको ज्यान लिएका छन् । सुर्खेतमा यस्तो घटना भएको हो । गुर्भाकोटका–१३ भक्तपुरका ७१ वर्षिया भीमबहादुर परियारले ६९ वर्षीया श्रीमति गौमाया परिवारको ज्यान लिएको सुर्खेत प्रहरीले जनाएको छ ।

परपुरुषसँग लागेको आरोप लगाएर घटना गराएका हुन् । श्रीमान श्रीमतीको सोही विषयमा विवाद भयो , विवादका क्रममा भीमबहादुरले चि र्प टो र मसला पि स्ने लो’हो रोले हा ने । घटना पछि भीमबहादुर पक्राउ परेका छन् । सुर्खेतका एसपी पदमबहादुर विष्टले भने, ‘प्रारम्भिक अनुसन्धानमा घटनाको कारण परपुरुषसँग लागेको आरोप देखिन्छ।’

यद्यपि ६९ वर्षिया महिला परपुरुषसँग लागेको आरोप भने विश्वास गर्न लायक छैन। भिमबहादुरले मंगलबार घटना गराएका हुन् । गौमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीयले खबर गरेपछि इलाका छिन्चु प्रहरी कार्यालयले आज बुधबार उनलाई पक्राउ गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता