Logo

विस्तरामा पिसाव गरेको भन्दै होस्टलमा बसेका ६ वर्षका बालकको लि’ङ्गमा रबर बाँध्ने महिला पक्राउ



 

काठमाडौ । होस्टलमा बस्ने छात्र छात्राले ओछ्यानमा पिसाब गरेको या त ना दिने होस्टल वार्डेन महिलालाई प्रहरीले पक्राउ गरेको छ । होस्टल वार्डेनले छात्र छात्राको गोप्य अंग बाँधेर या त ना दिएको खुलेपछि उनलाई पक्राउ गरिएको हो । विस्तरामा पिसाव गरेको भन्दै ति महिलाले ६ वर्षका बालकको गोप्य अंग रबरले बाँधेको खुलेको हो ।

यस्तो यातना दिने पोखरा महानगरपालिका–१५ स्थित न्यू लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । उनले राति ओछ्यानमा पिसाब गरेको भन्दै सोमबार बिहान बालकको लिं ग मा रबरले बाँधिदिएकी थिइन् । बुवाको निधन भएको र आमा मात्र रहेका ति बालक डोल्पावाट पोखरा बढ्न ल्याइएका थिए । उनको आमा भने पहाडमै बस्ने गरेकी छन् । छोरालाई होस्टलमा राखेर नजिकैको सिद्ध स्कुलमा नर्सरीमा भर्ना गरिएको थियो ।

हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका विद्यार्थी बस्दै आएका छन् । ति महिलाले यस अघि पनि यस्ता घटना गराएको खुलेको छ । अहिलेको घटना पनि ति महिलाकै छोरीले भनेपछि खुलेको हो । आफ्नो आमाले यस्तो गर्न लगाएको ति महिलाकी छोरीले बताएकी थिइन् । उक्त होस्टलमा ९ जना छात्र छात्रा छन् । घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको पनि खुलेको छ ।

हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टल पोखरामा कहीं कतै दर्ता नभएको पाइएको स्थानिय जनप्रतिनिधिले जनाएका छन् । घटना सार्वजनिक भएपछि स्थानिय जनप्रतिनिधिले पनि चासो दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले ति महिलालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ । त्यसरी अंगमा रबरले बाँधेका कारण बालकको पेट फुलेको थियो भने गोप्य अंगमा रबरको डाम पनि थियो । पी डा सहन नसकेर बालक रो ए पछि सोधिखोजी गर्दा महिलाको ह र्क त खुलेको हो । बालकको स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको तर, नतिजा नआइसकेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता