आर आर क्याम्पसमा विद्यार्थीले चिट चोरेको देखेपछि शिक्षकले बाहिर निकाले, विद्यार्थीले शिक्षक कु टे

काठमाडौ । विद्यार्थीले चिट चोर्न नपाएको भन्दै शिक्षकलाई हात पात गरेका छन् । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) का विद्यार्थीले शिक्षकलाई हात पात गरेका हुन् । एक जना विद्यार्थीलाई शिक्षकले चिट चोर्दै गरेको अवस्थामा देखेर परिक्षा हलवाट बाहिर निकालेपछि विद्यार्थी रिसाएका हुन् ।
चिट चोरिरहेको फेला पारेपछि गार्ड बसेका शिक्षकले विद्यार्थी कुवेर जेठारालाई परीक्षा हलबाट बाहिर निकालेका थिए। शिक्षकले आफुलाई बाहिर निकालेपछि परिक्षा समय अवधि भरी बाहिर बसेका उनले परिक्षाको समय पछि शिक्षकलाई हात पात गरेका हुन् ।
परीक्षा सकिएपछि विद्यार्थी जेठाराले आफ्ना अरू साथीहरूलाई पनि क्याम्पसमा बोलाएर समुह बनाए । विवाद भएपछि शिक्षक तथा विद्यार्थीबीच सहायक क्याम्पस प्रमुखको कोठामा छलफल पनि गरिएको थियो।
त्यही बेला विवाद हुँदा विद्यार्थी जेठाराले शिक्षक प्रकाश पुडासैनीमाथि हात पात गरेका हुन् । पुडासैनी नै आफैं परीक्षामा गा र्ड बसेका थिए। विद्यार्थीले पानी पिउन प्रयोग हुने स्टिलको जगले शिक्षक पुडासैनीको टाउकोमा प्र हा र गरेको प्रत्यक्षदर्शी एक शिक्षकले बताए।
घाइते पुडासैनीलाई उपचारका लागि नजिकैको मोडल अस्पताल लगिएको छ। उनको टाउकोमा सात वटा टाँका लगाइएको छ। विवादपछि परीक्षा स्थगित गरिएको छ।