ललितपुरमा पुल भाँचियो, टिपर चालकको मृ त्यु

काठमाडौ । ललितपुरको चापागाउँमा पुल भाँचिदा एक जनाको निधन भएको छ । चापागाउँको छम्पी जोड्ने फलामे पुल टेको लगाएर राखिएको थियो । त्यो पुल भाँच्चिदा एक गाडी चालकको मृत्यु भएको हो । लामो समयदेखि टेको लगाएर राखिएको पुल सोमबार राति भाँच्चिदा एक टिपर चालकको मृत्यु भएको हो ।
पुल भाँच्चिएर गाडीमा ठोक्किदा ना ८ ख ८१९१ नम्बरको टिपर चालक गोदावरी ७ बुरुञ्चुलीका अजय मार्फाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त चापागाउँका सई पुरुषोत्तम आचार्यले जानकारी दिए । टिपर नख्खुबाट टिकाभैरवतर्फ जाँदै थियो । घाइते भएका मार्फालाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा चिकित्सकले मृ त घोषणा गरेका थिए ।
यो पनि बाक्लो हुस्सुका आन्तरिक उडान प्रभावित भएको छ ।हिमाली तथा केही तराइका जिल्लामा बाक्लो हुस्सु लागेका कारण बिहानै तय भएका उडान कहिबेर रोकिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विराटनगर, भैरहवा र तुम्लिङटार विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम भएकाले बिहान उडान हुन सकेको थिएन । यद्यपि अहिले तुम्लिङटार विमानस्थलबाहेक अरू ठाउँमा उडान भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ