Logo

‘तेरो लोग्नेले मलाई कर णी गर्यो लोग्ने बचाउने भए ४ लाख ले’ भन्दै माग्ने दुई जना पक्राउ



 

काठमाडौ । एक जना महिलाका श्रीमानलाई गलत आरोप लगाउँदै रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । इच्छा विपरित कर णी गरेको आरोप लगाएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।

तिम्रो श्रीमानले कर णी गरेका हुन् मु द्दा चलाउँछौ भनेर १ लाख नगद ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा खडक नगरपालिका–९ सर्पा बस्ने २५ वर्षीया रुबिना खातुन र सोही नगरपालिका लालपट्टी बस्ने ३२ वर्षीय रहमान मियाँ रहेका छन् ।

रुबिनाले महिलालाई मंसिर ३ गते दिउँसो फोन गरी तेरो लोग्‍नेले मलाई इच्छा विपरित कर णी गरेको छ मु द्दा मिलाउने हो भने मलाई ४ लाख दिनुपर्छ, नदिए भोलि नै मु द्दा लगाई जेल पठाईदिन्छु भनेको महिलाले बताएकी छन् । उनले यसो भनेर महिलासंग एक लाख रुपैया लगेकी थिइन् ।

बाँकी पैसाका लागि पनि उनले चेतावनी दिने गरेको प्रहरीको भनाई छ । प्रहरीले रुबिनालाई पुस १ गते र रहमानलाई मंसिर २१ गते ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता