Logo

सिराहाको अवस्था त नावग्रस्त, एक जनाको मृत्यु एक गम्भिर घाइते



 

काठमाडौ । दुई समुहको विवादले उग्र रुप लिँदा सिराहाको अवस्था तनावग्रस्त बनेको छ । घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । दुई समुहबीच छु रा हाना हान भएको हो । घटनामा एक युवाको मृत्यु र अर्का घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निबार साँझ सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको हो। घटनामा गम्भीर घाइते उनको उपारका क्रममा धनगढीमाई नगरपालिका ९ स्थित आरके मेरिसीटी अस्पतालमा मृत्यु भएको हो।

दुई समूहबीच भएको विवाद चर्किएर उग्र रुप लिएको थियो । तर समुहको बारेमा प्रहरीले पहिचान खुलाएको छैन । एक समुहका बारेमा मात्र प्रहरीले जानकारी पाएको छ । घटनाको विरोधमा हटियाका बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। राजमार्गका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन भइरहेको छ।

दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्नुपर्ने माग राख्दै विहानै देखि सडक अ व रुद्ध गरिएको हो । मृ त कका परिवारलाई क्षतिपूर्तिलगायत माग राखेर स्थानीयले गोलबजारको व्यवसाय समेत बन्द गराउँदै हिडेको प्रहरीले जनाएको छ । स्थानियहरुले प्रहरी कार्यालय अगाडी पनि प्रदर्शन गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यस्तै घटनामा अर्का स्थानीय १९ वर्षका निकेश सदा घाइते भएका छन्। उनको अवस्था गम्भिर रहेको र काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता