Logo

यस्तो छ आजको मौसम ! यी स्थानमा हिउँ र पानी पर्ने छ सम्भावना



 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको देशभरको मौसम अनुमान गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जानकारी दिएको छ ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक९दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार पनि देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी , गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आइतबार भने देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। हिमपात र हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता