‘पूर्वराजा ज्ञानेन्द्रसंग ५ बुँदे सम्झौता गरेको’ भनेपछि ओलीलाई प्रचण्डले दिए यस्तो चेतावनी (विज्ञप्ती हेर्नुस्)

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नाममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती जारी गरेका छन् । ओलीले आफुलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग पाँच बुँदे सहमति गरेको भन्ने आरोप लगाएपछि उनले त्यसको खण्डन गर्दै पुष्टि गर्न चुनौती दिएका छन् ।
विहिवार एक विज्ञप्ती जारी गर्दै उनले आफुलाई लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् । ‘म के। पी। ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’,
प्रचण्डले भनेका छन् – ‘माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’ प्रचण्डले ओलीलाई नै लोकतन्त्रवाट भागेको आरोप लगाएका छन् ।
अर्को समाचार, नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भएका छन् । आइतबार भएको मतदानको बुधबार राति आएको परिणाममा पाँच जना प्रतिस्पर्धीलाई पछि पार्दै खड्का र गुरुङ उपसभापति बन्न सफल भएका हुन् ।
खड्काले सबैभन्दा धेरै २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले मात्र दुई मतान्तरले विजयकुमार गच्छदारलाई पराजित गरेका छन् । गुरुङ १९०८ मत ल्याएर उपसभापति विजयी हुँदा गच्छदारले १९०६ मत पाएका थिए ।
यस्तै, अन्य उम्मेदवारमा चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए । योसँगै काँग्रेसको पहिलो निर्वाचित उपसभापति बन्ने अवसर खड्का र गुरुङलाई मिलेको छ ।
यसअघि काँग्रेसमा एक जना उपसभापति ९मनोनित० को व्यवस्था थियो । तर ०७४ सालमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक नेपाली काँग्रेसमा समाहित भएपछि उनी पनि उपसभापति बने । त्यतिबेला उनलाई राजनीतिक निर्णयका आधारमा उपसभापति बनाइएको थियो ।
०७५ मंसिर–पुसको महासमिति बैठकबाट काँग्रेसले विधान परिमार्जन गरी दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था गरेको थियो । सोही अनुसार १४ औं महाधिवेशनमा ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । शेरबहादुर देउवा प्यानल र शेखर कोइराला प्यानलबीच मुख्य प्रतिस्पर्धा भयो ।
काँग्रेस नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता र वौद्धिक नेता महेश आचार्य चुनावी मैदानमा बलियो गुटको साथ नहुँदा पराजित भए । देउवा प्यानलबाट खड्का र शेखर समूहबाट गुरुङले बाजी मारेका छन् । खड्का महामन्त्रीबाट एक खुड्किलो चढ्दै उपसभापतिमा पुगेका हुन् भने गुरुङले केन्द्रीय सदस्यबाट सिधै फड्को मारेका हुन् ।