जाडोबाट जोगिन पराल ओछ्याएर सुतेका दुई बालिकाको घर ज’ल्दा मृत्यु

सर्लाही । घरमा आगलागी हुँदा सर्लाहीमा दुई बालिकाको ज’ले’र मृत्यु भएको छ। सर्लाहीको कविलासी नगरपालिका ७ सिरसिया टोलका जोगी महराको घरमा गएराति आ’गला’गी हुँदा उनका दुईछोरीको ज’ले’र मृत्यु भएको हो।
आगलागीमा जोगीका ३ वर्षीया छोरी सुगन्धी महरा र ५ वर्षीया छोरी लक्ष्मी महराको जलेर मृत्यु भएको वडाध्यक्ष प्रभु यादवले जानकारी दिए। वडाध्यक्ष यादवका अनुसार बुधबार राति खाना खाएर घरमा सुतिरहेको बेला करिब ९ बजेतिर अचानक आगलागी भएको थियो।
गम्भीर अवस्थामा उद्धार गरेका दुई छोरीलाई तत्कालै उपचारको लागि मलंगवा अस्पताल लगिएको थियो। मलंगवा अस्पतालमै एक छोरीको र त्यहाँबाट रेफर गरेर काठमाडौं लैजाने क्रममा अर्की छोरीको नवलपुरमा पुगेपछि मृत्यु भएको वडाध्यक्ष यादवले जानकारी दिए।
दुबै बालिकाको शव पो’स्ट’मा’र्टमको लागि मंगवा अस्पतालमा राखिएको छ। घटना षियमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जोगी परिवारको आर्थिक अवस्था कमजोर छ। जाडो छल्न जोगीकी श्रीमती तीन छोरीलाई साथमै लिएर पराल ओछ्याएर सुतेकी थिइन्। घरमा जडान भएको विद्युत सर्ट भएर अचानक आ’ग’ला’गी हुँदा उनी एक छोरीलाई लिएर भागिन्।
तर चिच्याउन बाहेक उनले केही बोल्न नसक्दा कसैलाई भित्र दुई छोरी छन् भन्ने जानकारी पाएनन्। केहि बेरपछि उनले आफ्नो दुई छोरी समेत सोहि घरमा सुतेको भन्दा स्थानीयले बचाउने प्रयास गरे। तर त्यतिबेलासम्म उनीहरुको शरीरका अधिर्कांश भाग ज’लि’सकेको थियो।