आफ्नै पार्टीका मतदाताले भोट नदिएपछि देउवा काँग्रेस सभापति भएनन्, यस्तो छ देउवाको दौडधुप

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र डाक्टर शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको हो ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीच मात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।
कुल ४६८१ मतदातामध्ये देउवाले २२५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा। शेखर कोइरालाले १७२९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।
यसैबीच सभापतिका उम्मेदवार प्रकाशमान सिंहलाई भेट्नका लागि गृहमन्त्री बालकृष्ण खाँण निवास चाक्सिबारी पुगेका छन्।
खाँण देउवाको दूत बनेर सिंहको निवास चाक्सीबारी पुगेका हुन्। सभापतिको छिनोफानो पहिलो चरणमै नभएपछि देउवालाई सघाउन खाण सिंहलाई भेट्न गएको बताइएको छ।
कांग्रेसको विधानअनुसार अब दोस्रो चरणमा बढी मत प्राप्त गर्ने देउवा र कोइरालाबीचमात्र प्रतिस्पर्धा हुनेछ । बाँकी उम्मेदवारले कसलाई समर्थन गर्छन्, त्यसले सभापतिमा जितको आधार तय गर्नेछ ।