Logo

पूर्वराजा ज्ञानेन्द्र र हिमानीको नाममा यस्तो अफवाह फैलिए पछि‘……



 

काठमाडौ । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहको नामवाट संचालन भएका सामाजिक सञ्जालवाट बेला बेलामा राजनीतिक र सामाजिक विषयमा भनाईहरु सार्वजनिक हुने गरेका छन् । ति भनाइलाई आधार बनाएर समाचार पनि बन्ने गरेका छन् । तर यि सबै फेक एकाउण्ट भएको सचिवालयले स्पष्ट पारेको छ । पूर्वराजा शाहको नाममा खोलिएका एकाउन्टबाट धेरै जना झुक्किएको भन्दै सचिवालयले एक विज्ञप्ति जारी गर्दै त्यसको भ्रममा नपर्न आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्बद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राखी बक्सनु स्वाभाविक हो । तर, मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’

त्यस्तै हिमानी शाहले पनि कुनै पनि सामाजिक सञ्जाल प्रयोग नगर्ने पनि विज्ञप्तिमार्फत भनिएको छ । विज्ञप्तिमा भनिएको छ, श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रम जालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्याउन समेत अनुरोध गरिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता