रहेनन् भारतीय सेना प्रमुख रावत ! हेलिकोप्टर दुर्घटनामा श्रीमति सहित १३ को मृत्यु पुष्टि

भारतीय सेना प्रमुख विपिन रावतको मृत्यु भएको छ । उनी ररहेनन् भारतीय सेना प्रमुख रावत, हेलिकोप्टर दुर्घटनामा श्रीमति सहित १३ को मृत्यु पुष्टि
भारतीय सेना प्रमुख विपिन रावतको मृत्यु भएको छ । उनी र उनकी श्रीमतिको दुर्घटनामा मृत्यु भएको हो । उनी श्रीमति सहित सवार हेलिकप्टर दुर्घटना भएको थियो । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त हेलिकोप्टरमा सेनापति रावतसहितका परिवार पनि सवार थिए । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेका सेनाका वरिष्ठ अधिकारीहरूको मृत्यु भएको पुष्टी सेनाले गरेको हो ।
जहाजमा सीडीएस विपिन रावत, उनकी श्रीमती सहित १४ जना सवार रहेका थिए । अहिलेसम्म तेह्र जनाको मृत्यु पुष्टि गरिएको छ । वायुसेनाले दुर्घटनाको छानबिन गर्न आदेश दिएको छ ।
खराब मौसमका कारण यो दुर्घटना भएको बताइएको छ । उक्त हेलिकप्टरमा सेना प्रमुख विपिन रावत र उनकी श्रीमती सवार थिए । उद्धार गरिएका मानिसहरूलाई उपचारका लागि वेलिंग्टन बेसमा लगिएको थियो ।
यस अघिको समाचारमा दिइएको प्रारम्भिक जानकारी अनुसार सीडीएस विपिन रावत आफ्नी श्रीमतीसँग वेलिंग्टनमा एक कार्यक्रममा सहभागी हुन गएका थिए। वेलिंगटनमा स श स्त्र बलको कलेज छ। सीडीएस रावतको यहाँ व्याख्यान थियो। उनीहरु यहाँबाट कुन्नूर फर्कदै थिए । यहाँबाट उनी दिल्ली जानुपरेको थियो । तर यो दुर्घटना घना जंगलमा भएको हो । तर, सेनाले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
उक्त क्षेत्र निकै घना रहेको बताइएको छ । यहाँ चारैतिर रूखहरू छन्। दुर्घटना यति द र्द नाक थियो कि चारैतिर आ गो को ज्वाला देखिन थालेको छ । उद्धारका लागि प्रहरीसँगै सेना र वायुसेना पुगेका छन् । वरपरका क्षेत्रमा पनि खोजी भइरहेको छ ।