Logo

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, उपाध्यक्ष र महामन्त्रीमा को को आए ? 



 

काठमाडौ । राप्रपामा वर्षौ देखिको विरासत ढाल्दै युवाको नेतृत्वमा पार्टी पुगेको छ । महाधिवेशनमा भएको निर्वाचनवाट अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ।

राप्रपाको नयाँ नेतृत्वका लागि शनिबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत अध्यक्ष पदका लागि कागजकै मतपत्र प्रयोग गरिएको थियो भने बाँकी सबै पदका लागि विद्युतीय मेसिन। अध्यक्ष पदको मत गणना पनि अन्तिम चरणमा पुगेको राप्रपा निर्वाचन समितिले जनाएको छ। यो खबर लेख्दासम्म झन्डै ३ हजार मत गनिसकिएको छ।

विद्युतीय मेसिनबाट गरिएको मत भने गनिसकिएको निर्वाचन समितिले जनाएको छ। तर परिणाम सार्वजनिक गरिएको छैन। स्रोतको दाबीअनुसार तीन उपाध्यक्षमध्ये लिङ्देन पक्षकै विक्रम पाण्डे र तीन महामन्त्री पदमा एक जना लिङ्देन पक्षकै धवल शमशेर राणा विजयी भएका छन्। तर यसको औपचारिक घोषणा गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता