Logo

संचितालाई दोस्रो श्रीमती बनाएको धेरै वर्ष पछि निखिलले गरे पहिलो श्रीमती कोपिलासंग ‘डिभोर्स’, अर्काको ‘डिभोर्स’मा प्रकाश सुवेदीको यो कस्तो टिप्पणी रु (भिडियो हेर्नुस्)



 

काठमाडौ। अभिनेता निखिल उप्रेतीले अभिनेत्री संचिता लुइटेललाई दोस्रो श्रीमती बनाएको धेरै वर्षपछि जेठी श्रीमती कोपिला उप्रेती डिभोर्स गरेका छन् । यद्धपी उनीहरुको डिभोर्स भएको ४ महिना पुरा भैसकेको छ । डिभोर्सको खबर बाहिरिएपछि जेठी श्रीमती कोपिला उप्रेतीले सामाजिक सञ्जालमा पूर्वपति निखिल उप्रेतीको खुशीको लागि आफुले यस्तो निर्णय गर्नुपरेको बताएकी छिन ।

उनले एक अर्काको पुरै माया प्रेम र आपसी सहमतिमा यो वैवाहिक जिवनको अन्त्य गरेको समेत बताएकी छिन् । जिल्ला न्यायाधीश उमेश कोइरालाले हस्ताक्षर गरेको निर्णयमा भनिएको छ,‘यसमा दुवै पक्षले मिलापत्र गरी पाउँ भनी दिएको संयुक्त दरखास्त र सोही दरखास्त बमोजिम लेखिएको मिलापत्रको कागजी व्यहोरा समेत दुवै पक्षलाई बाची सुनाइ सोको मतलब र

उनले कोपिलालाई भक्तपुरको घर छाडिदिएका छन् । यो बाहेक निखिलले ५० लाख नगद र महिनाको ५० हजार दिनुपर्ने सर्तमा सहमति भएको बताइएको छ । नायक निखिल उप्रेति र कोपीलाको डिभोर्सका बारेमा मिडियामा अनौठो टिप्पणी गरेका कारण रंगकर्मी प्रकाश सुवेदीले भने गाली खाइरहेका छन् । उनले महंगो डिभोर्स भन्दै टिप्पणी गरेका छन् । उनको भिडियो समाचारको लिंकमै धेरैले प्रकाशलाई नकारात्मक टिप्पणी गरेका छन् ।

विशेषगरी सांगीत क्षेत्रका विषयहरुलाई उठान गर्ने रजतपटका प्रस्तोता प्रकाश सुबेदीले आफ्नो स्टुडियोबाटै कोपिलालाई महंगो श्रीमतीको उपमा नै दिएका छन् । उनले निखिलकी पहिलो श्रीमती कोपिलाले आफु र आफ्नो डिर्भोस अनि डिर्भोससंगैको आर्थिक कुरालाई लिएर पोष्ट गरेको स्टाटस्लाई आधार बनाएर प्रस्तोता सुबेदीले कोपिलालाई ब्यांग्य गर्दै महंगो श्रीमतीको उपमा दिएका हुन् ।

स्टाटस्मा कोपिलाले सहमतिकै आधारमा आफु र निखिल छुट्टिएको बताएकी छन् । यसका साथै उनले निखिलकै खुशीकोलागी आफ्नो निखिललाई डिर्भोस दिएको कुरा पनि खुलाएकी छन् । उनको भनाई अनुसार निखिल र उनको डिर्भोस भएको ४ महिना भईसकेको छ । तर आजपनि आफुहरु राम्रो साथी भएको कोपिलाले उल्लेख गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता