‘ओ भाई मा रो मुझे‘’ भन्ने पाकिस्तानी क्रिकेट फ्यानको भयो हालत ! देशले हारेपछि स्टेडियमबाट घर जानै मानेनन् (भिडियो हेर्नुहोस्)
सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानी टोलीको गौरवपूर्ण यात्राको अन्त्य भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा बाबर आजमको टोली अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । उल्लेखनीय छ कि पाकिस्तानको टोलीले लगातार पाँच खेल जितेर सेमी फाइनलमा स्थान बनाएको थियो तर निर्णायक खेलमा टोलीको भाग्य खराव भयो ।
पाकिस्तानको हारपछि लाखौं पाकिस्तानी फ्यान निराश भएका छन् । यस्तै एक फ्यान मोमिन साकिबको भिडियो भाइरल भइरहेको छ, जो पाकिस्तानको हारपछि स्टेडियममा निराश भएर बसिरहेका छन् । साकिबले यो भिडियो आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् ।
भिडियोमा साकिब भन्छन्, ‘म घर जान चाहन्न । म्याच हारे भने कसलाई दुख हुँदैनरु तर केटाहरूले धेरै राम्रो क्रिकेट खेलेका छन्। ब्याक टू ब्याक म्याच जित्यो। मलाई उनीसँग कुनै गुनासो छैन, उनले धेरै राम्रो क्रिकेट खेलेका छन्। यी हाम्रा च्याम्पियनहरू हुन्, जसलाई हामी माया गर्छौं। आजको खेलमा पनि हामीले राम्रो खेल्यौं । उसले जितेको भए राम्रो हुन्थ्यो, तर हामी उहाँलाई माया गर्छौं।
मोमिन साकिब त्यही व्यक्ति हुन् जसको ‘ये क्या हो रहा है, ओ भाई मा रो मुझे, मा रो’ भिडियो भाइरल भएको थियो । उनको यो भिडियो २०१९ विश्वकपमा भारतसँग पाकिस्तान पराजित भएपछि भाइरल भएको थियो । हालको टी–२० विश्वकपमा पाकिस्तानले भारत विरुद्धको जितपछि पनि उनको भिडियो भाइरल भएको थियो, जसमा उनी आफ्नो टोलीको झण्डा बोकेर जित मनाउँदै गरेको देखिएका थिए ।
उल्लेखनीय छ, विश्वकपको इतिहासमा पहिलो पटक पाकिस्तानले भारतलाई पराजित गरेको छ । यसअघि खेलेका १२ विश्वकपका सबै खेल भारतले जितेको थियो । दुबईमा भएको खेलमा भारतले सात विकेट गुमाएर १५१ रन बनाएको थियो । जवाफमा पाकिस्तानले कुनै विकेट नगुमाई लक्ष्य पुरा गर्यो ।