भगवानका सबै कर्मलाई रासलिला किन भनिन्छ ? यस्तो छ कारण
शुद्ध जीवको ब्रह्मसँग मिलन नै रास हो। शुद्ध जीव अर्थात् मायाको आवरणबाट रहित जीव । यस्तै जीवको नै ब्रह्मसँग मिलन हुन्छ। ब्रह्मसँग जीवको मिलन भयो । यता चतुर्मुखी ब्रह्माले सोच्न थाले – कृष्ण र गोपीहरु निष्काम त छन्, तैपनी देहभाव बिर्सिएर यस प्रकार पराई नारीसँग लीला गर्नु शास्त्र मर्यादाको भङ्ग नै हो ।
कृष्णावतार धर्म मर्यादा पालनका निम्ति हो, स्वेच्छाचार गर्नलाई होइन । ब्रह्मा सशङ्कित भए । भगवान यता सोच्दै हुनुहुन्छ यी बुढालाई धर्म नै सिकाएको थिएँ तर अब, आज उनी मलाई सिकाउन खोज्दै छन् । ब्रह्माले जान्दैनन् यो रासलीला धर्म होइन, धर्मको फल हो ।
भगवानले एउटा खेल रच्नुभयो। ब्रह्माले देखे – चारैतर्फ कृष्ण नै कृष्ण देखा पर्न थाले । गोपी त्याहाँ थिएनन्। सबै पिताम्बरधारी कृष्ण छन् र एक अर्कासँग रास खेलिरहेछन्। भगवानलाई कसैले पनि जान्न सक्दैन, जसमाथी भगवानले कृपा गरिदिनुहुन्छ त्यसले नै भगवानलाई जान्न सक्छ, यो सिद्ध भयो। ब्रह्माले अब माने कि यो कुनै स्त्रीपुरुषको मिलन होइन, यो त अंश र अंशीको मिलन हो। जीव र ब्रह्मको मिलन हो।
रास विजातीय तत्वको वा स्त्रीत्व र पुरुषत्वको होइन, अंश र अंशीको मिलन हो। ब्रह्माले भगवानसँग माफी मागे। फेरि जति गोपीहरु थिए त्यति नै स्वरूप प्रभुले धारण गर्नुभयो र सबै गोपीलाई प्रेमानन्द दान दिनुभयो। शुकदेव भन्नुहुन्छ – यस लीलाको चिन्तन गर्नुपर्छ, अनुकरण होइन। शृङ्गार र करुण रसको ऐक्यलाई सिद्ध गर्नु प्रधान रूपबाट आवश्यक छ।
पतिको वियोगमा छ्टपटाएकी पत्नीको जस्तै ईश्वरको वियोगमा जीव छ्टपटाउँछ। यस्तो देखाउनु नै रासलीलाको मतलब हो। भगवानको विरहमा जसको शरीर तातेको छैन, उसलाई भगवान भेटिनुहुन्न त्यस आतुरताको यथार्थ वर्णन गर्नका निम्ति नै शृङ्गार रसको आश्रय लिइएको छ। श्रीकृष्णको यो काम विजय लीला हो ।
रासलीला कुनै साधारण स्त्रीको होइन। देहभान बिर्सेकी, देहाध्यासबाट मुक्त स्त्रीको कथा हो। देहाध्यास नष्ट भएपछि प्रभुको चिन्मयी लीलामा प्रवेश पाइन्छ। यी गोपीहरु को थिएरु जब ऋषिमुनि हजारौं वर्षसम्म तपश्चर्या, ब्रह्म चिन्तन गर्दै रहेर पनि मनमा बसेको कामलाई मार्न सक्दैनथे, तब तिनीहरु त्यस कामलाई श्रीकृष्णार्पण गर्ने इच्छाले गोपीको रूप लिएर गोकुलमा आई बसे । यिनमा साधनसिद्धा, ऋषिरूपा, स्वयंसिद्धा, अनन्यपूर्वा आदि कैयौं प्रकारका गोपीहरु थिए। (श्रीराम जय राम जय जय राम) केशवाय नमतस्तसे नमोः नमह ।
साभारः विनोद जंग क्षेत्रीको वालबाट