Logo

बिहेको तयारीमा विक्की कौशल र कैटरिना कैफ, ड्रेसको डिजाइन गर्नमा व्यस्त  !



 

काठमाडौं । बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो । पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ ।

पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्ने छन् । हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन् । उनीहरूको ड्रेस सब्यसाचीले डिजाइन गरिरहेको छ ।

अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो । उनीहरू पछिल्लोपटक सरदार उधूम फिल्मको प्रिमीयरमा सँगै देखिएका थिए ।

केही समयअघि उनीहरूले १८ अगस्तमा इंगेज्मेन्ट गरेको खबर पनि फैलिएको थियो । तर, उनीहरूले आफूहरू प्रेममा रहेको कुरा मिडियासामु भने स्वीकारेका छैनन् ।
कैटरिना र बिक्की प्रायः एक अर्काको घरमा गइरहन्छन् । एकपटक बिक्कीका भाइ सनीसँग उनीहरूको सम्बन्धको बारेमा सञ्चारकर्मीले सोधीखोजी गरेका थिए । तर उनले त्यो सबै अफवाह मात्रै भएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता