Logo

सरकारी गाडीमा वडाध्यक्षको यस्तो धन्दा  !



 

सिरहा । जनप्रतिनिधि नै गैर कानुनी काम गरेको अभियोगमा पक्राउ परेका छन् । उनले गैर कानुनी काम गर्न पनि सरकारी गाडी प्रयोग गरेका छन् । सिरहाको सिरहा नगरपालिका १८ का वडा अध्यक्ष रामसोगारथ यादव ड्रग सहित पक्राउ परेका छन् । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा उनले यस्तो काम गरेका हुन् । प्रहरीले चेकजाँच गर्ने क्रममा सिराहको माडरमा वडा अध्यक्ष यादवको साथबाट ड्रग बरामद गरेको हो ।

उनी भारतबाट सरकारी नम्बर प्लेटको मोटरसाइकलमा फर्कीरहेका थिए । घटनाबारे जिल्ला जिल्ला प्रहरी कार्यालयमा सिराहमा अनुसन्धान भैरहेको छ । यादव नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन । फाइल तस्बिर

यो अर्को समाचार, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायलयमा भइरहेको विवादमा एमाले नपस्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले न्यायलयमा दाउपेच चलिरहेको भन्दै यसमा एमाले नपस्ने बताए ।

उनले प्रधानन्यायाधीसलाई महाअभियोग लगाउने विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा अध्यक्ष ओलीले सत्ता गठबन्धनको सेटिङमा न्यायलय चलेको भन्दै सेटिङमा एमाले पस्न नचाहेको बताए । प्रधानन्यायाधीशको राजीनामा माग भइरहेको अवस्थामा एमाले अध्यक्ष ओली राजीनामा नमाग्ने र महाअभियोगको माग पनि नउठाउने संकेत गरे ।

अदालतमा अहिले जुन राजनीति भइरहेको छ त्यो हाम्रो चिन्ताको विषय हो’उनले भने । सर्वोच्च अदालतलाई जनताले विश्वास गर्ने, राज्यको एउटा विश्वसनीय र महत्वपूर्ण अङ्गको रुपमा राख्नु पर्ने बताए । एमालेले अदालत स्वाच्छ र निष्पक्ष भएको हेर्न चाहेको बताए । उनले सभामुख दलको छायाँ भएको आरोप दोहोर्याए । सभामुखले कांग्रेस र माओवादीको छायाँको रुपमा काम गरेको भन्दै यसको बिरोध गरे ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता