Logo

जब ‘भाइरल रोड’ हेर्न प्रधानमन्त्री देउवा पुगे‘।



 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी र पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन् । ३१ असोजदेखि परेको अविरल वर्षाका कारण भएको क्षतिबारे बुझ्न दुई जना मन्त्रीसहित बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका थिए तर बाढीपिडितसँग भने प्रधानमन्त्री देउवाको भेट भएन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरको महाकाली नदीले गरेको क्षतिको निरीक्षण गरेका छन् । शुक्रबार बिहान हेलिकप्टरमार्फत महेन्द्रनगर पुगेका देउवाले महाकाली नदीले कटान गरेको भाइरल रोडको स्थलगत अवलोकन गरेर फर्किएका हुन्।

निरीक्षणपछि प्रधानमन्त्री देउवाले बाढीले गरेको क्षतिको तथ्याङ्क संकलन गरेर गुरुयोजना बनाएर समस्याको समाधान गर्ने बताए। सुदूरपश्चिममा बाढी र पहिरोबाट पीडादायी भएको बताउँदै सरकारले त्यसको सम्बोधन स्पष्ट पारे।

विहिवार भने प्रधानमन्त्री देउवाको पखाईमा बसेका बाढी पहिरो पीडितहरु निरास भएका थिए । ‘जनताका पीडा बुझ्न स्वयं प्रधानमन्त्रीज्यू आउन लागेको भन्ने खबर सुन्दा बाढी९पहिरोले दिएको दुःख भुलेर मनमा आनन्द भरिएको थियो’, बझाङको थलारा गाउँपालिकाका स्थानीय अशोक उपाध्यायले भने, ‘तर, दिनभर प्रतीक्षा गर्दा पनि उहाँ आउनुभएन । अहिले हामी निराश बनेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता