मृत्यु हुनुभन्दा २ दिन अघि मञ्जुले बनाएकी थिइन् यस्तो टिकटक, फोनमा आमासंग कुरा गर्दा गर्दै‘। (भिडियो हेर्नुस्)

काठमाडौ । असोज २६ गते नेपालगञ्जबाट मुगु हिँडेको भे १ ख ३१६७ नम्बरको बस मुगु–जुम्ला सडकखण्डमा पर्ने मुगुको छायाँनाथ–रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटनामा पर्यो । दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो। ज्यान गुमाउने अधिकांश मुगुको छायाँनाथ–रारा नगरपालिकाका छन्।
अरुका लाािग यो घटना अब विस्तारै पुरानो हुँदै गयो होला तर जसका आफन्त परे उनीहरुका लागि जिवनभरीको लागि शुल बनेको छ । दसैंको मुखमा आफन्त गुमाएकाहरुको अबको प्रत्येक दसैंले मन दुखाउने छ । आफ्नो आँखै अगाडी छोरी गुमाएकी तारादेवी मल्लको अझै होस आएको छैन ।
बुवा नन्दराज मल्ल छायाँनाथ नगरपालिका वडा नं १ को भारेकोट निमाविमा पढाउँथे। व्यवसाय गर्ने मनसायले राजीनामा दिइसके। आमा तारादेवी मल्ल मामाघर नजिकै होटल चलाउँछिन्। उनका एक भाइ र एक बहिनी छन्। सहारा हुनेबेला आमाले छोरी गुमाएकी छन्।
उनकी छोरी मञ्जु मल्ल बुटवलमा ओभरसियर पढेकी उनले ओजेटीका लागि आफ्नै गाउँ छायाँनाथ–रारा नगरपालिका रोजेकी थिइन्। १८ महिनाको ओभरसियर सकिए पछि उनी गाउँ फर्कदै थिइन् । आमा संग फोनमा कुरा गर्दा गर्दै उनी चढेको बस प ल्टि एको थियो ।
देशसञ्चारमा विस्तृत समाचार छ । मञ्जुले दुर्घटना हुनुभन्दा केही दिन अघि एउटा टिकटक बनाएकी थिइन् । जसमा वियोगका शब्द थिए । अहिले त्यो टिकटक परिवारका लागि थप सम्झना दिलाउने माध्यम बनेको छ ।