Logo

नेपालगन्ज मेडिकल कलेजमा आन्दोलन चर्कियो, आकस्मिक बाहेक सबै सेवा ठप्प



 

नेपालगन्ज । नेपालगन्ज मेडिकल कलेजमा कर्मचारीको आन्दोलन चर्किएको छ । गत सोमवार आन्दोलनको घोषणा गरेका कर्मचारी युनियनहरुले आन्दोलन चर्काएका हुन् । कर्मचारीले विभिन्न सात बुँदे माग राखेर आन्दोलन सुरु गरेका हुन् । प्रशासकिय कार्यकक्षमा तालाबन्दी गरेका उनीहरुले आजदेखि आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा बन्द गरेका छन् ।

कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । तलवभत्ता वृद्धि लगायतका उनीहरुको मुख्य माग छ ।

आपतकालिन सेवा बन्द गर्नु अघि आयोजित कोणसभालाई सम्वोधन गर्दै आन्दोलन परिचालन समितिका केन्द्रीय संयोजक यमबहादुर खड्काले अस्पतालले कर्मचारीलाई शो ष ण गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता