Logo

पहिरोले दुई परिवारका २३ जना बेपत्ता : २ शव मध्य एकको आधा श’रिर त एकजनाको खुट्टा फेला पर्यो



काठमाडौ । लगातार परेको वर्षाका कारण मुलुकभर ठूलो धनजनको क्षती भएको छ । बझाङमा पहिरोमा परेर २३ जना बेपत्ता भएका छन् । उद्दारमा जुटेका स्थानिय बासीन्दा र सुरक्षाकर्मीको टोलीले हराएकाहरु मध्य २ जनाको शव फेला पारेका छन् । बझाङको थलारा गाउँपालिका–४ डिक्लाका दुई जनाको शव भेटिएको हो ।

थलारा गाउँपालिका–४ का वडाध्यक्ष विष्णु विष्टका अनुसार बुधवार दिउँसो दुई जना बच्चाको शव भेटिएको छ । यद्यपी उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।

‘दुई जना बच्चाको शव निकालेका छौँ । उनीहरुमध्ये एक जनाको श रि रको आधा भाग मात्रै छ ।’ ‘खोलामा अर्को मानिसको खुट्टा देखिएको खबर आएको छ ।’

पहिरोमा पुरिएकाको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र श स स्त्र प्रहरीको टोली हेलिकप्टरमा केही बेर अघि घटनास्थलमा पुगेको छ।

स्थानीय, नेपाली सेना र सशस्त्र प्रहरी बेपत्ताहरुको खोजतलासमा लागेको वडाध्यक्ष विष्टले बताए । थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने सात घर पुरिएका छन्। बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ र नरे पार्कीका घरका पाँच जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता