खाली भवनमा गएर विमान ठो क्कि यो, धनाढ्य ब्यक्तिको श्रीमती र छोरा सहित परिवारकै मृत्यु

एजेन्सी । खाली भवनमा विमान गएर ठो क्कि दा विमानमा रहेका सबैको निधन भएको छ । इटलीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।
इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठो क्कि एर विमान दुर्घटना भएको बीबीसीले जनाएको छ। दुर्घटनामा विमानमा सवार सबै ९८ जना० को मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्।
मिलानको लिनाते विमानस्थलबाट सार्दिनिया आइल्यान्डका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको हो। दुर्घटनामा विमानका पाइलटसहित उनकी श्रीमती र छोराको पनि ज्यान गएको अधिकारीहरुले जनाएका छन्। विमान ठो क्कि एपछि भवनमा आगलागी भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको इटालीका अधिकारीहरुले जनाएका छन्।
सारडिनिया टापुका लागि मिलानको लिनाटे विमानस्थलबाट उडेको विमान केही मिनेटमै एउटा कार्यलयको रित्तो भवनमा जोतिएको थियो । रोमानियाका धनाढ्य दान पेट्रेस्कुले विमान चलाएका थिए । दुर्घटनामा ६८ वर्षीय पेट्रेस्कुसहित उनकी पत्नी, छोरा र परिवारका अन्य सदस्यको मृत्यु भएको जनाइएको छ ।
दुर्घटनापछि कार्यलय र पार्किङ गरेर राखेका ट्याक्सी ज ले का थिए । विमान भवनमा ठो कि नु अगाडि नै आ गो लागेको केही साक्षीले बताएका छन् । ‘विमान ठूलो आवाजसहित भवनमा ठो कि एको थियो,’ एक स्थानीयले भने ।