पत्नीलाई छोएको निहुँमा हातपात, बेहोस भएर ढलेका दिनेशको मृत्यु

काठमाडौ । आफ्नो पत्नीलाई छोएको निहुँमा हातपात हुँदा अर्का एकको निधन भएको छ । हातपात पछि घाइते भएकाको उपचारका क्रममा निधन भएको हो । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित गुर्जुधारामा सामान्य विवाद हातपातमा परिणत भएको थियो । असोज १५ गते भएको घटनामा घाइते भएका धादिङको थाक्रे गाउँपालिका–१० घर भएका दिनेश मिजार को निधन भएको हो ।
शनिवार साँझ ट्रमा सेन्टरमा दिनेशको मृत्यु भएपछि चन्द्रागिरि नगरपालिका–१५ बाट राजेश नेपाली र उनकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ । राजेशको पत्नीलाई दिनेशले छोएको निहुँमा विवाह हुँदा घटना भएको हो ।
गुर्जुधारा आसपासमा घुम्ती तरकारी पसल चलाउने ३५ वर्षीय दिनेशले त्यो दिन मापसे गरेका थिए । राजेश नेपाली र उनकको गुर्जुधारा स्थित कालिका घाटमा जाने ३ फिटे साँघुरो गल्लीमा जम्काभेट हुन्छ । राजेशले पनि मापसे गरेका थिए ।
राजेशसँग उनकी पत्नीसँगै हुन्छिन् । गल्लीमा आफ्नी पत्नीलाई छोएको निहुँमा उनीहरूको बिचमा विवाद हुन्छ । विवाद हुँदा राजेशले धकेल्दा दिनेश लडेर बेहोस भएका थिए ।
उपचारका क्रममा शनिवार साँझ उनको निधन भएको हो । आइतबार पक्राउ गरिएका दम्पतीबारे महानगरीय प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।