टिकटकमा हालेको एउटा भिडियोले दुई परिवार भताभुंग, २ छोरी र श्रीमान रुँदै मिडियामा (भिडियो हेर्नुस्)

रोशनााले यस्तो आरोप लगाउँदै टिकटकमा तस्बिर सार्वजनिक गरिदिएपछि अहिले प्रतिमा सम्पर्क विहिन भएकी छन् । रोशनाका अनुसार प्रतिमासंग नजिकिएका कारण उनका श्रीमानले सेनाको जागिर पनि छोडेका हुन् । यता प्रतिमाका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा थिए । १० वर्ष भन्दा बढी उनी विदेशमै थिए । नेपाल आएको केही समयमा नै प्रतिमा सम्पर्क विहिन भएपछि उनका श्रीमान निकै चिन्तामा छन् ।
अहिले प्रतिमाका श्रीमान दुई छोरी लिएर श्रीमतीको खोजीमा हिडेका छन् । प्रतिमा आफ्नो छोरीको जन्मदिनको दिन हिडेकी थिइन् । उनले अन्तिम पटक आफ्ना श्रीमानलाई फोन गरेर मेरो बारेमा कसैले पैसा खाएर हिँडि भनेर भिडियो सामाजिक सञ्जालमा हालिदिएछ म त्यही कुरा सुल्झाउन हिँडेकी छु भनेर सुनाएकी थिइन् । त्यसपछि उनी अहिले सम्म सम्पर्कमा आएकी छैनन् । आफ्नो जन्मदिनको दिनमै आमा हराएपछि छोरीहरु पनि रुँदै मिडियामा आएका छन् ।
प्रतिमाले बालारामसंग मिलेर विजनेश पनि सुरु गरेकी थिइन् । श्रीमानले विदेशमा कमाएको पैसाले घडेरी पनि किनेकी थिइन् । त्यो सबै प्रतिमाको नाममा थियो । श्रीमानको पासपोर्ट र महत्वपुर्ण कागजपत्र पनि उनैले लिएर गएको श्रीमानले बताएका छन् ।