Logo

भारतमा ‘गुलाब’ चक्रपात, नेपालमा पनि पर्दैछ यस्तो असर



 

काठमाडौँ । भारत उडिसाका जमिनमा अवतरण गरेको ‘गुलाब’ चक्रबातको असर नेपालमा पनि पर्ने मौसमविद्हरुले बताएका छन् । त्यसैको प्रभावले अहिले न्यूनचापीय क्षेत्रको रुपमा पश्चिम दिशा तर्फ अगाडि बढिरहेको मौसमविदले बताएका छन् ।

त्यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुन सक्ने तर भारी वर्षा हुने संभावमा भने न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई शनिबार बनेको गुलाब नामक शक्तिशाली चक्रवात आइतबार राति भारतको उडिसाको जमिनमा अवतरण भएको थियो ।

अहिले मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको मौसमविदले बताएका छन्। देशभर अहिले आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भएको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता