Logo

बिमान जब लेन्डिंङ गर्न सकेन भन्ने सूचना पाएका यात्रुले त्यो पल सुनाउंदै यसो भने (भिडियो सहित)



 

काठमाडौ । आज (सोमबार) बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७३ यात्रु लिएर बुद्ध एयरको जहाज विराटनगरका लागि उड्यो। तर ल्यान्डिङ गियर ९अवतरण गर्ने प्रविधि० मा समस्या आएपछि जहाज त्यहाँ अवतरण हुन सकेन। जसले गर्दा जहाज पुनः काठमाडौं नै फर्कियो। तर समस्या उही– अवतरण हुन सकेन। जसले गर्दा जहाज केही समय काठमाडौंकै आकाशमा घुमिरह्यो।

सोमबार बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको थियो। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको एउटा पांग्रा नखुलेका कारण अवतरण हुन सकेन र केही समय ९झन्डै २ घण्टा० आकाशमै होल्ड हुन परेको हो।

काठमाडौं आएपछि आकाशमा झन्डै १० फन्को लगाएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर २० मिनेटमा सुरक्षित रूपले अवतरण गरिएको बुद्ध एयरले जनाएको छ। जसले गर्दा बुद्ध एयरको जहाज आज ठूलो दुर्घटनाबाट बचेको छ भने ७३ यात्रुको जीवन सुरक्षित बनेको छ।

‘जहाज विराटनगर अतवरण गर्ने क्रममा ल्याण्डिङ गियर इन्डिकेटरमा समस्या देखिएको तथा टावरले पनि गियर नझरेको जानकारी दिएपश्चात् जहाजलाई क्याप्टेनले पुनः काठमाडौं फर्काउने निणर्य गरे । सुरक्षा निर्देशिका अनुसार जहाजमा रहेको इन्धनलाई कम गर्न केही बेर काठमाडौंको आकाशमा फन्को मारी सबै सुरक्षा मापदण्ड पुरा गरि सुरक्षितसाथ अवतरण गरेको छ’, बुद्ध एयरद्वारा जारी गरेको विज्ञप्तिमा भनिएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’

काठमाडौंबाट विराटनगर जान बुद्ध एयरको विमान चढ्दा यात्रुले उनीहरुको जिवनमा के हुनसक्छ भन्ने कल्पना पनि गरेका थिएनन् । जब जहाज विराटनगर पुग्यो अवतरण गर्ने क्रममा ल्याण्डिग गियरले काम नगरेपछि अवतरण हुन सकेन । विमान चालकले विराटनगरकै आकासमा धेरै पटक फन्को लगायो । तर पनि चक्का खुलेन । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । काठमाडौ आइसकेपछि पनि सोचेजस्तो सजिलै अवतरण हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता