डुंगा दुर्घटनामा २२ जनाको मृत्यु, १ जनाको शव निकालियो बाँकी खोजी हुँदै

एजेन्सी । डुंगा दुर्घटना हुँदा २२ जना नदिमा डुवेका छन् । भारतको बिहारको मोतिहारीमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ। यहाँको सिकारहना नदीमा डुंगा पल्टिँदा २२ जनाको मृत्यु भएको छ। स्थानीयले १ जनाको शव बरामद गरेको जनाएका छन्। बाँकी डुबेको मानिसहरुको खोजी जारी छ।
यो दुर्घटना शिकारगंज पुलिस स्टेशन नजिकको गाउँमा भएको बताइएको छ। यहाँ डुंगा पल्टिँदा २२ जनाको मृत्यु भएको छ। स्थानीय प्रहरी र अधिकारीहरु घटनास्थल पुगेका छन्। प्रशासनले स्थानीय जनताको सहयोगमा उद्धार कार्य सुरु गरेको जनाएको छ । अन्य विस्तृत विवरण आउन बाँकी रहेको भारतीय मिडिया आजतकले जनाएको छ ।
यो अर्को समाचार, इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जना सिफारिस
वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’ का लागि एक हजार छ सय परीक्षार्थी सिफारिस गरेको छ। भाषा परीक्षा उत्तीर्ण गरी अन्तर्वार्तामा सहभागी मध्येबाट योग्य एक हजार छ सय इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी ९पिआइबीए० लाई सिफारिस गरेको हो। नेपालस्थित इजरायली दूतावासले माग गरेअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको नामावली सिफारिस गरिएको विभागले जनाएको छ।
विभाागले सिफारिस गरेको सूचीबाट इजरायलको पिआइबिएले छनोट गर्नेछ। पिआइबीएले छनोट गरेका व्यक्तिहरू र रोजगारदाताबीच रोजगार सम्झौता हुनेछ। रोजगार सम्झौता भएका व्यक्तिहरू इजरायल जान पाउने छन्।
विभागले एक हजार चार सयको रोस्टर तयार गर्ने र त्यसबाट एक हजार कामदार इजरायलले छनोट गर्ने विभागले जनाएको छ। इजरायल जाँदा लाग्ने शुल्क रोजगारदाताले नव्यहोरेको खण्डमा कामदार स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।
भिसा, टिकटलगायत खर्च करिब एक लाख ६५ हजार लाग्ने अनुमान विभागको छ। अहिले सरकारले पठाउन लागेका केयरगिभर घरका लागि नभएर संस्थाका लागि भएको विभागले बताएको छ।
विभागकाअनुसार नर्सिङ होम तथा केयर होमलगायत संस्थामा उनीहरूले रोजगारी पाउने छन्। भिसा अवधि पाँच वर्षको रहेको छ। कमाइ मासिक डेढ लाखभन्दा बढी नेपाली रूपैयाँ हुने उल्लेख छ।