अन्तत माधव नेपाललाई छाडेका यि नेतालाई ओलीले पनि यसरी साइड लगाए, अब के गर्लान् यि नेता ?

काठमाडौं । माधव नेपाललाई छोडेर एमाले रोजेका माधव पक्षका नेताहरुलाई अन्तत अध्यक्ष केपी शर्मा ओलीले साइड लगाएका छन् । एमाले केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ।
प्रतिवेदनहरूमाथि छलफल गरेर सुझाव पेस गर्न शुक्रबार १० समूहमा टोली विभाजन गरिएको थियो। प्रदेशका सात तथा जनसंगठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले शुक्रबार बैठकमा वितरित प्रतिवेदनमाथि समूहगत छलफल गरेका थिए।
प्रदेश १ बाट हिक्मत कार्की, २ बाट रामचन्द्र मण्डल, वाग्मतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापा टोली नेताका रूपमा चयन भएका छन्।
त्यसैगरी उपत्यका विशेष प्रदेशबाट माधव ढुंगेल, जनवर्गीयबाट खिमलाल भट्टराई र विभागहरुबाट खगराज अधिकारी चयन भएका छन्। टोली नेतामा चुनिएका यी सबै नेता अध्यक्ष ओलीनिकट रहँदै आएका छन्।
यिनै टोली नेताले दिएको सुझावका आधारमा तीनवटै प्रतिवेदन पारित गर्ने र तिनलाई यही असोज १५ देखि १७ सम्म हुने विधान महाधिवेशनमा पेस गरिनेछ।
लामो समय नेपाल समूहमा आबद्ध रहँदै आएका र तेस्रो धार भनेर चिनिएका नेताहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, भीम आचार्य, घनश्याम भुसाल, योगेश भट्टराई, अमृतकुमार बोहरालाई भने टोली नेता चयन गरिएन । उनीहरुलाई ओलीले विस्तारै साइड लगाइरहेका छन् ।
अध्यक्षको प्रतिवेदनमा पनि पार्टी विभाजन गर्न र देउवालाई प्रधानमन्त्री बनाउन यिनै नेताहरुको मुख्य भूमिका रहेको उल्लेख गरेका थिए । गत भदौ नेता नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेपछि विगतमा एमाले एकताका लागि गठित कार्यदलले अघि सारेको १० बुँदे सहमति कार्यान्वयनलाई मुल मु द्दा बनाएर ती नेताहरूले नेपाललाई छाडेका थिए।