Logo

डुंगा दुर्घटनामा एकैपटक २ छोरी गुमाएका दम्पत्तीको, दुई वर्ष पछि त्यही मितिमा जन्मिए जुम्ल्याहा बच्चा



 

एजेन्सी । संसारमा कहिले काहीं अनौठो घटना हुन्छन् । भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम मा एक अचम्मको घटना प्रकाशमा आएको छ । जहाँ एक जोडीले दुई बर्ष पहिले दुई छोरीहरु गुमाएका थिए । दुर्घटनमा दुई छोरी गुमाएका ति जोडीले दुई वर्ष पछि सोही मितिमा जुम्ल्याहा सन्तान प्राप्त गरेका छन् । जुम्ल्याहा सन्तान पनि छोरी नै हुन् ।

अप्पला राजु र भाग्यलक्ष्मी नामक दम्पतीले सेप्टेम्बर १५, २०१९ मा गोदावरी नदीमा डुंगा पल्टिँदा आफ्ना दुई सन्तान गुमाए। १५ सेप्टेम्बर २०२१ मा त्यही मितिमा फेरी भाग्यलक्ष्मीले जुम्ल्याहा सन्तानलाई जन्म दिइन् । भाग्य लक्ष्मीले पद्मा ड्रेस अस्पताल, विशाखापट्टनममा जुम्ल्याहा छोरीलाई जन्मदिएकी हुन् ।

डाक्टर पी सुधा पद्मश्रीका अनुसार एक वर्ष पहिले ति दम्पत्ती डाक्टरकहाँ सल्लाहका लागि आएका थिए । त्यती बेला उनीहरु निकै चिन्तित थिए । भाग्यलक्ष्मी अस्वस्थ्य पनि थिइन् । तर डाक्टरले उनलाई फेरी सन्तान जन्माउने नयाँ प्रविधि सहितको उपचार सुरु गरिन् । आइभीएफ ९कृतिम गर्भाधान विधी० उपचार पद्धती मार्फत भाग्य लक्ष्मीले सन्तानलाई जन्मदिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता