रोल्पामा २ वर्षकी छोरी बोकेर हिँड्दै गरेकी आमा भीरबाट खसिन्, २ जनाकै मृत्यु

काठमाडौ । काखे छोरीलाई बोकेर हिँड्दै गर्दा रोल्पामा भीरबाट खसेर आमा छोरीको मृत्यु भएको छ । बाँदर लखेटेर घर फर्कँदै गर्दा रोल्पा नगरपालिका–९ हाङबाङ बस्ने २५ वर्षीया संगिता पुन २ वर्षकी छोरी सहित खसेकी हुन् । संगीता र उनकी २ वर्षीया छोरी कृतिका पुनको निधन भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार घरबाट करिब १ सय ५० मिटर टाढा रहेको बारीमा रोपेको मकै बाँरवाट जोगाउन गएकी उनी फर्कदा दुर्घटना भएको हो । उनी काम सकेर घर फर्कदै थिइन् । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
यता बाँकेको डुडुवा गाउँपालिका–१ खडैचाका एक बृद्धको शव तलाउमा फेला परेका छन् । डुडुवा १ बस्ने ८५ वर्षीय नन्कौ अहिर राप्तीसोनारी–६ भुरीडाँडा जंगलको तलाउमा मृ त्त अवस्थामा फेला परेका हुन् ।
घरबाट मालपोत कार्यालय नेपालगञ्ज जान्छु भनि हिँडेका उनी घर परिवारको सम्पर्कमा आएका थिएनन् । उनको शव तलाउमा फेला परेपछि प्रहरीले थप अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।