Logo

भखैरै दार्चुला केन्द्रबिन्दु भएर भुकम्पको धक्का, यस्तो छ विवरण



काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मानप केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ । यो पनि यस अघिको महाभुकम्पको पराकम्प भएको हुनसक्ने अनुमान गरिएको छ ।

यद्धपी भुकम्पविद्हरुको प्रतिकृया भने आइसकेको छैन । भुकम्पकको धक्का कहाँ सम्म महशुष गरियो भन्ने कुराको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता