देशैभरी एमसिसीको बिरोध भै रहेका बेला डा। बाबुराम भट्टराईले किन भने ? ‘एमसिसी तुरुन्त पास गरौं’

पछिल्लो समय देशै दुई भागमा बाँडिएको छ । एक पक्ष एमसिसी पास गरौं भन्छ । जनता भने यसको बिरोध गरिरहेका छन् । एमसिसी के हो भनेर नेताले बुझाउन सकेका छैनन् । केही नेता एमसिसी पास गर्न लागेका छन् भने केही यसको बिरोधमा छन् ।
यसैबिच जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० पास गरिनु पर्ने बताएका छन् । उनले राष्ट्रिय सहमति आवश्यक परे त्यो समेत गरेर एमसिसी पास गर्न आवश्यक रहेको बताएका हुन् । डा। भट्टराई सोमबार गृहजिल्ला गोर्खामा थिए । उनले त्यहाँ बोल्ने क्रममा राष्ट्रिय सहमति कायम गरी एमसिसी अनुमोदन गर्न उपयुक्त हुने बताएका हुन् ।
पत्रकारसँग कुरा गर्दै भट्टराईले एमसिसीका विषयमा जनस्तरसम्म भ्रम सिर्जना भएको र एमसिसी परियोजना फिर्ता जाने खतरा रहेको बताए । एमसिसी उपाध्यक्ष फातिमा सुमारले यसबारे छिटो निर्णय नगरे फिर्ता गर्न बाध्य हुने आशय प्रकट गरेको उनले बताए ।
पूर्वप्रधानमन्त्री भट्टराईले राष्ट्रिय हितका लागि भारत, चीन र अमेरिका तीनवटै शक्तिराष्ट्रका अनुदान लिने नीति नै उपयुक्त हुने बताए । दलभित्रको गुटगत राजनीतिका लागि राष्ट्रियताको प्रश्नलाई गिजोल्न नहुने उनको दावी थियो । तस्वीर : सामाजिक सञ्जाल